काठमाडौं । व्यावसायिक रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल बानका अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ । कोरोना भाइरस संक्रमणका कारण गम्भीर अवस्थामा विराटनगरमा उपचार गराइरहनुभएका न्यौपानेको ४७ वर्षको उमेरमा आज बिहान निधन भएको हो । स्थिति गम्भीर भएपछि उहाँलाई भेन्टिलेटरमा राखिएको थियो ।
न्यौपाने नेकपा एमाले केन्द्रीय प्रचार विभाग सदस्य तथा विज्ञापन बोर्डका सदस्य समेत हुनुहुन्थ्यो । अग्रज रेडियोकर्मी न्यौपानेप्रति सबल नेपाल मिडिया प्रा ली परिवार पनि हार्दिक श्रदाञ्जली अर्पण गर्दछ ।












