प्रकाश न्यौपाने
जेठ १४ गते
नवलपरासी । पश्चिम नवलपरासीमा कोरोनाका विरुद्धमा अग्र पन्तिमा खटिनेलाई २५ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । इन्द्रेणी बिकास मञ्चका पुर्व अध्यक्ष एव संविधान सभा सदस्य बिक्रम खनाल र युनाइटेड मिसन टु नेपाल यूएमएनका टिम लिडर सबु तामाङले संयुक्त रुपमा रामग्राम नगरपालिकाकाका प्रमुख नरेन्द्र गुप्तालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।

युनाइटेड मिसन टु नेपाल यूएमएनले पश्चिम नवलपरासीमा ईन्द्रेणि सामाजिक विकास मञ्च र सुनवल सामुदायिक केन्द्र मार्फत जिल्ला प्रहरी कार्यालय लाइ ७८ हजारको, जिल्ला प्रशासन कार्यालयमा २३ हजार ६ सयको ,जिल्ला स्वास्थ्य कार्यालय ,५ लाख ५६ हजार ,सुनवल नगरपालकिामा रहेको आईसोलेसन सेन्टरमा १ लाख १६ हजारको , पृथ्वीचन्द्र अस्पतालमा ४ लाख २० हजारको , चिसापानी अस्पताल ३ लाख २० हजारको, प्रतापपुर गाउँपालिकालाई ४ लाख २ हजारको र पाल्हीनन्दन गाउँपालिका ३ लाख ५३ हजार, नेपाल पत्रकार महासंघ नवलपरासी २० हजार, होम आईसोलेसनमा रहेका कोराना संक्रमति व्यक्तिलाई ९२ हजार स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोगमा ईन्द्रेणी सामाजिक विकास मञ्च र सुनवल सामुदायिक बिकास केन्द्रको समन्वयमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको कार्यक्रमका फोकल पर्सन बिमल चन्द्र घिमिरेले बताउनु भयो । तीव्र रुपमा फैलिईरहेको नयाँ भेरियन्ट सहितकाे काेराेना भाईरस संक्रमण नियन्त्रण गर्न सहयोग पुगाेस् भन्ने उद्देश्यले थर्मल गन, पिपिई सेट, बेड, पल्स अक्सिमिटर, सेनिटाईजर, मास्क, स्ट्रेचर, क्याप, गमबुट, साबुन, फेस सिल्ड सहितका स्वस्थ्य सामग्री प्रदान गरिएको यूएमएनका नवलपरासी कलस्टरका ट्रेनीङ म्यानेजर बालकृष्ण पाण्डेले बताउनु भयो ।

कार्यक्रममा इन्देणी बिकास मञ्चका सचिब होमराज कुवरको संचालन रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र, जिल्ला स्वस्थ्य कार्यलयका प्रमुख कृष्णप्रसाद पोखरेललगायतको उपस्थिति रहेको थियो
।










