उज्वलको परिवारले भन्यो- ‘दुर्गा प्रसाईंको सहयोग आवश्यक छैन’

प्रकाशित मिति:

काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्वल थापाको परिवारले उपचारका लागि बिएण्डसी मेडिकल कलेजका सञ्जालक दुर्गा प्रसाईंले गरेको सहयोग प्रस्ताव अस्वीकार गरेको छ । हाल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले प्रसाईँले दिने भनेको सहयोग आवश्यक नपर्ने थापाको परिवारजनका तर्फबाट शनिबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

यसअघि प्रसाईँले एक विज्ञप्ती जारी गर्दै थापाको सम्पूर्ण उपचार खर्च ब्यहोर्ने बताएका थिए । तर, थापाको परिवारले मेडिकल व्यवसायी प्रसाईँको सहयोग अस्वीकार गरेको हो।

‘उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले श्री दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ ।’ थापाको परिवारका तर्फबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।