भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बिसिसिआई०ले कोरोना महामारीका कारण स्थगित भएको इन्डियन प्रिमियर लिग ९आइपिएल०का बाँकी ३१ खेल युएईमा गर्ने निर्णय गरेको छ बिसिसिआईको शनिबार बसेको विशेष बोर्ड बैठकले आइपिएलका बाँकी खेल युएईको तीन सहर दुबई, अबुधाबी र शारजहामा गर्ने निर्णय गरेको हो । बिसिसिआईले सेप्टेम्बर वा अक्टोबरमा लिग आयोजना गर्ने बताएको छ तर मिति भने तोकिएको छैन ।
बिसिसिआईले बाँकी ३१ खेल २५ दिनमा सक्ने योजना बनाएको छ । कोरोना महामारीका कारण मे ४ मा स्थगित हुनुअघि लिगका ६० मध्ये २९ खेल सम्पन्न भइसकेका थिए ।दिल्ली क्यापिटल्स ८ खेलबाट १२ अंक जोड्दै लिगको शीर्ष स्थानमा छ । चेन्नइ सुपर किंग्स दोस्रो र रोयल च्यालेन्जर्स बैंग्लोर तेस्रो स्थानमा छन् ।मुम्बई इन्डियन्स, राजस्थान रोयल्स, पञ्जाब किंग्स, कलकाता नाइटराइडर्स र सनराइजर्स हैदराबाद क्रमश चौथो देखि आठौं स्थानमा छन् ।
आइपिएल तेस्रो पटक युएईमा आयोजना हुन लागेको हो । अघिल्लो संस्करणका पुरै खेल र सन् २०१४ मा समूह चरणका केही खेल युएईमा आयोजना भएका थिए ।









