सञ्चालकलाई छुरा हानी यसरी लुटियो पैसा

प्रकाशित मिति:

सुनसरी, १२ मंसिर – इटहरीको मुख्य बजारमा रहेको मनी ट्रान्सफरमा लुटपाट भएको छ ।

विराटनगर लाइनमा रहेको एक्टिभ मनी ट्रान्सफरमा मुखमा पट्टी बाँधेर आएका एक व्यक्तिले सञ्चालकलाई छुरा प्रहार गरी नगद लुटेर भागेको प्रहरीले जनाएको छ ।

छुरा प्रहारबाट सञ्चालक घाइते भएपछि काउन्टरमा रहेको नगद लुटेर लुटेरा भागेको प्रहरीले जनाएको छ । कति नगद लुटियो भन्ने खुलेको छैन । सञ्चालक घाइते भएपछि उनलाई अस्पताल लगिएको छ ।