नेपाली राष्ट्रिय टोलीले कुवेतमा थाल्यो अभ्यास, ‘जिम ट्रेनिङ’मा देखिए सबै खेलाडी (फोटोसहित)

प्रकाशित मिति:

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोली आज ९सोमवार० कुवेतको राजधानी कुवेत सिटीमा ‘टच-डाउन’ गरेको छ।

कुवेत पुग्ने बित्तिकै नेपाली टोलीका सम्पूर्ण खेलाडीलाई ‘जिम ट्रेनिङ’मा देखियो। फिटनेस र अभ्यासको एक महत्वपूर्ण भाग जिम ट्रेनिङ भएकाले नेपाली टोलीले कुनै समय खेर नफाली आफ्नो अभ्यास शुरु गरेको देख्न सकिन्छ।

विश्वकप छनोटका बांकि खेलअन्तर्गत नेपालले आउँदो बिहीवार, ‘जेष्ठ २०’ गते आफ्नो पहिलो खेल ‘चाइनिज ताइपेइ’विरुद्ध खेल्ने छ।यसैबिच आफ्नो मातृभूमि पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ‘अब्दुल्लाह अल्मुताइरी’ पनि मुस्कुराउँदै गरेको अवस्थामा देखियो।