
ज्ञानेन्द्र शाहः कोभिड-१९ भएर निको भएका पूर्वराजा ‘महामारीको अवस्थाप्रति चिन्तित’
कोरोनाभाइरस सङ्क्रमणमुक्त भएको तीन सातापछि पूर्वराजा ज्ञानेन्द्र शाह एउटा भिडिओ सन्देशमार्फत् पहिलो पटक सार्वजनिक भएका छन्।
गत वैशाख २९ गते कोरोनाभाइरस सङ्क्रमणमुक्त भई घर फर्केका पूर्वराजा ज्ञानेन्द्रले भिडिओ सन्देशमा आफूहरू स्वास्थ्यलाभको क्रममा रहेको बताएका छन्।भिडिओमा मास्क लगाएकी पूर्वरानी कोमल शाह पनि देखिन्छिन्।
सन्देशमा पूर्वराजाले देशभित्र र बाहिर कोरोनाभाइरसले निम्त्याएको महामारीको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै कोभिडसँग सङ्घर्ष सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।
हाम्रो स्वास्थ्यबारे चिन्ता र चासोका साथ शुभकामना दिनुहुने देशभित्र र बाहिर रहेका सबै नेपालीहरुप्रति हामी आभार व्यक्त गर्दछौं ।
सन्देश: pic.twitter.com/7TjAw0ozGn— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) June 3, 2021