बुटवल । नेपालमा थप ६६५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट ४६२४ र एन्टिजेन विधिबाट २०२९ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ ।
यस्तै, आज थप ८ हजार ६६३ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ लाख ७६ हजार १ सय ३० पुगेको छ ।
आज संक्रमणबाट थप १०१ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ७ हजार ७३१ पुगेको छ ।









