वडाध्यक्षको निधन !

प्रकाशित मिति:

मङ्सिर १३ दाङ । घोराही उपमहानगरपालिका—१६ का वडाध्यक्ष लक्षिणप्रसाद बुढा मगरको निधन भएको छ । गएको जेठ महिनादेखि बिरामी भएका वडाध्यक्ष बुढा मगरको गएराति ३ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

२०७४ साल असार १४ गते सम्पन्न स्थानीय तहको निर्बाचनमा घोराही—१६ को वडाध्यक्ष पदमा निर्बाचित बुढा मगरको भारतको मेदान्त अस्पतालमा निधन भएको हो । विभिन्न रोगले ग्रसित बुढा मगरको उपचार नेपाल, भारत र थाइल्याण्डमा समेत गरिएको थियो । बुढाको शवलाई दिउँसो १२ बजे नेकपा दाङको कार्यालय घोराहीमा राखिने भएको छ भने दिउँसो १ बजे कटुवा खोलास्थित शंखे पिपल घाटमा अन्तिम दाह संस्कार गरिनेछ ।
बुढाको निधन प्रति प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले दुःख व्यक्त गर्दै श्रद्धान्जली व्यक्त गरेका छन् ।