अमेरिकाको डेल्टा हवाई जहाजमा एक यात्रीले बिमान चालक कक्ष भित्र प्रवेश गर्न खोज्दा आकस्मिक अवतरण
अमेरिकाको डेल्टा हवाई जहाजमा एक यात्रीले बिमान चालक कक्ष ककपिट भित्र प्रवेश गर्न खोज्दा आकस्मिक अवतरण गर्नु परेको छ ।उक्त हवाई जहाज लस एन्जेलस देखि न्याशभिल टेनेसी अवतरण गर्नु पर्नेमा आकस्मिक रूपमा अमेरिकाको न्यू मेक्सिको अल्बूकर्कीमा अवतरण गर्यो भनि डेल्टाले एक विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।
ककपिट बिमान चालक कक्षमा कसैले पनि प्रवेश नगरेको जनाउदै उक्त व्यक्तिले त्यहा जान प्रयास गरेका थिए भनि विमानलाई आपतकालिन अवतरण गर्न बाध्य पारियो भनिएको छ । उक्त समयमा अन्य यात्रीहरूलाई निकै खतरा रहेको सामाजिक संजाल ट्वीटर मार्फत एफबिआईले जनाएको छ ।
उडानको क्रममा एक यात्रुले सीएनएनसँग कुरा गर्दै भने, “यो मानिस निरुद्देश्य त्यहा देखियो र उ उठेर बिमान चालकको सानो कोठामा दगुरे र ढोकामा हिर्काउन थाले ।उक्त मान्छेलाई अर्को यात्रीले तुरुन्तै पछारेर उनलाई केबिन बिमानका सहयोगीहरुले सहयोग गरेका थिए । उनलाई लगभग २० मिनेटसम्म अल्बुकर्की अन्तर्राष्ट्रिय बिमान स्थलमा अवतरण नहुन्जेल त्यहा राखेका थिए । डेल्टाले विज्ञप्तिमा मार्फत उक्त यात्रीले ठूलो सहयोग गरेकोमा धन्यबाद दिएको समाचार सिएनएनले प्रकाशित गरेको छ ।












