बुटवल । नेपालमा थप ४ हजार ३४४ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा देशभर १२ हजार ७४ आरटी पिसिआर र ४ हजार ५ सय ६८ एन्टिजेन परीक्षणमा ४ हजार ३४४ जना संक्रमित थपिएका हुन् ।
यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । सोही अवधीमा, ८१ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ ।









