१३ मंसिर, काठमाडौं । बिहीबार जोर–बिजोर प्रणालीका कारण राजधानीका यात्रुले निकै सास्ती पाएका छन् । कतिपय मुख्य सडकै खाली गरिँदा सास्ती झनै चर्को भयो । केही युवाहरुको मन यस्ता दृश्यले पोल्यो । बलात्कारपछि हत्या गरिएकी निर्मलाको न्यायका लागि चार महिनासम्म केही गर्न नसकेको सरकारले जनतालाई सास्तीमात्रै दिएर एक एनजिओको कार्यक्रम सफल पार्न खोजेको भन्दै उनीहरु बिरोधमा उत्रिएका हुन् । उनीहरु स्वस्फूर्त माइतीघर मण्डलामा जम्मा भए, सरकारको बिरोध गर्न ।उनीहरुको नारा थियो ‘नेपाली छोरी निर्मलालाई न्याय देउ सरकार, अनि जिससकी छोरीलाई चढाउँला फूलमाला’ ।
प्रदर्शन गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । एक एनजीओले एसिया प्यासेफिक समिट गर्दैछ, जसमा जिससकी छोरी घोषणा गर्ने कार्यक्रम समेत राखिएको छ ।
सम्मेलनमा सहभागी हुने विदेशी पाहुनाहरुको आवत जावतलाई ध्यानमा राखेर आजबाट सवारी साधानमा चार दिन जोरविजोर प्रणाली लागू गरिएको छ ।












