पञ्चनगर बजार समितिद्रारा रक्त दान सम्पन्न

प्रकाशित मिति:

 प्रकाश न्यौपाने

जेठ २९ गते

नवलपरासी ।

बर्दघाट नगरपालिकाको भुताहामा रहेको पञ्चनगर बजार बिकास सस्थाले शनिबार रक्तदान कार्यक्रम गरेको छ। कार्यक्रममा ४ जना महिला र २९ जना पुरुष गरि ३३ जनाले रक्तदान गरेको सस्थाका अध्यक्ष रामजी चापागाईंले जनाकारी दिनु भयो । रक्तदान जीवन दान यसैमा छ सबैको योगदान भन्ने मुल नारा सहित रक्तदान गरिएको छ । रगत कै कारण कोहि कसैले पनि ज्यान गुमाउन नपरोस् भनी रक्तदान कार्यक्रमको आयोजना गरिएको चापागाईंले बताउनु भयो । अध्यक्ष चापागाईंका अनुसार २० बर्ष देखी ५५ बर्ष उमेर समूहका नागरिकले रगतदान गरेका थिए। अहिले विभिन्न अस्पतालहरुमा ‘फ्रेस ब्लड’को अभाव रहेको समस्यालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको चापागाईंले बताउनु भयो । पछिल्लो समयमा बजार बिकास समिती गठन भएपछि विभिन्न किसीमका समाजिक कार्य तथा नागरिकका सरोकारसंग सम्बन्धित विभिन्न किसीमका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। कार्यक्रम नेपाल रेड्क्रस सोसाइटी पञ्चनगरको प्राबिधिक सहयोग र समन्वयमा रक्तदान सम्पन्न भएको छ