मानव अधिकार तथा शान्ती समाजद्धारा रक्तदान सम्पन्न

प्रकाशित मिति:

प्रकाश न्यौपाने
जेठ ३१ गते
नवलपरासी । मानव अधिकार तथा शान्ती समाजद्धारा अन्तराष्टिय रक्तदान दिवसको अवसरमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा १ जना महिला र १७ जना पुरुष गरि १ जनाले रक्तदान गरेको समाजका सभापति सन्तोष अधिकारीले जनाकारी दिनु भयो ।  

कार्यक्रममा वोल्दै प्रमुख अतिथि वर्दघाटका नगर प्रमुख धिरज शर्मा बस्यालले बर्दघाट नगरबासीलाइ जुनसुकै वेलापनि रगत आवस्यक परेमा निःशुल्क रुपमा रगत उपलब्ध हुने वातावरण मिलाईएको बताउनु भयो । उहाँले बर्दघाट क्षेत्रमा रहेका विभिन्न संघ सस्थाहरुसँग समन्वय गरी रेडक्रसले नियमितरुपमा रक्तदान कार्यक्रम गर्नुपर्नेमा जोड दिनु भयो ।

रक्तदान जीवन दान यसैमा छ सबैको योगदान भन्ने मुल नारा सहित रक्तदान गरिएको छ । रगत कै कारण कोहि कसैले पनि ज्यान गुमाउन नपरोस् भनी रक्तदान कार्यक्रमको आयोजना गरिएको अधिकारीले बताउनु भयो । उहाँका अनुसार २० बर्ष देखी ५५ बर्ष उमेर समूहका नागरिकले रगतदान गर्नु भएको थियो । अहिले विभिन्न अस्पतालहरुमा ’फ्रेस ब्लड’को अभाव रहेको समस्यालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको अधिकारीले बताउनु भयो । पछिल्लो समयमा समाजले विभिन्न किसीमका समाजिक कार्य तथा नागरिकका सरोकारसंग सम्बन्धित विभिन्न किसीमका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

कार्यक्रम नेपाल रेड्क्रस सोसाइटी वर्दघाटको प्राबिधिक सहयोग र समन्वयमा रक्तदान सम्पन्न भएको छ । समाजका उपाध्यक्ष दिनेस न्यौपानेको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सहसचिव प्रकाश न्यौपानेले गर्नु भएको थियो । साथै समाजले बर्दघाट ४ मा रहेको मुसहर टोलमा रहेका ५० जना वालवालिकालाई खाजा नास्ता वितरण गरेको छ ।