रुपन्देहीमा असार ७ गतेसम्म लम्बियो निषेधाज्ञा

प्रकाशित मिति:

बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञाको अवधि असार ७ गतेसम्म कायम गरिएको छ । आज बसेको डिसीसीएमसीको बैठकले निशेधाज्ञा बढाउन सिफारिस गरेको थियो। सोहि सिफारिसलाई आधार मानेर जिल्ला प्रशासन कार्यालय रुपन्देहीले असार ७ गतेसम्म निशेधाज्ञाको अवधि बढाएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।