नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विपक्षी गठबन्धनका नेताहरूको बैठक बसिरहेको छ ।नेकपा एमालेको नेता माधव नेपालको निवास कोटेश्वरमा सोमवार साँझ विपक्षी नेताहरूको बैठक बसेको हो ।
साँझ पौने ६ बजे शुरू बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन् ।यसअघि विपक्षी गठबन्धनको बैठक प्रायः कांग्रेस सभापति देउवाको निवासमा बस्ने गरेकोमा सोमवार नेता नेपालको निवासमा बसेको हो ।
देउवालाई संविधानको धारा ७६९५० अनुसारको प्रधानमन्त्री बनाउन प्रचण्ड, नेपाल, यादव लगायतले हस्ताक्षर गरेका थिए । शनिवार मात्र देउवा, नेपालसहित ५ जना पूर्व प्रधानमन्त्रीले संयुक्त विज्ञप्ति प्रकाशित गरेका थिए ।








