लगातारको वर्षाले रुपन्देहीको देवदहमा सडक भाँसियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

प्रकाशित मिति:

बुटवल । लगातारको वर्षाका कारण रुपन्देहीको देवदह- १० चरंगे नजिकै डाइभर्सन गरेको सडक भासिएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको उक्त सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी डिल्लीनारायण पाण्डेले मध्यान्ह १२ बजे पसेको पानीले डाइभर्सन भासिँएको बताए । राजमार्ग विस्तारको क्रममा पुल बनाउन सो ठाउँमा ९ वटा हेण्ड पाइप राखी कल्भर्ट बनाइएको थियो ।

सडक अवरुद्ध भएपछि दुवैतर्फका सवारी साधन अलपत्र परेका छन् ।