बुटवल । नेपालमा थप २८२८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट २०१४ र एन्टिजेन विधिबाट ८१४ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख १४ हजार २१६ र एन्टिजेनबाट २३ हजार २१७ जना पुगेको छ ।
यस्तै, आज थप ३ हजार ८२ जनाले कोरोना जितेका छन् । यससँगै कुल कोरोना जित्नेको संख्या ५ लाख ४३ हजार ५२१ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५२ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ८ हजार ५५८ पुगेको छ ।









