लगातार दोस्रो जितपछि नेदरल्यान्ड्स नकआउट चरणमा

प्रकाशित मिति:

काठमाडौँ । युरोकप अन्तर्गत नेदरल्यान्ड्सले अस्ट्रियामाथि सहज जित हासिल गरेको छ ।गएराती सम्पन्न खेलमा नेदरल्यान्ड्सले अस्ट्रियालाई २-० गोल अन्तरले पराजित गर्दै युरोकपको नकआउट चरणमा प्रवेश गरेको छ ।नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपे र डेनजेल डमफ्राइजले एक एक गोल गरेका थिए ।

यो जितपछि नेदरल्यान्ड्सले समुह सि बाट नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ । नेदरल्याण्डसको दुई खेलमा ६ अंक रहेको छ । त्यस्तै अस्ट्रियाको भने दुई खेलमा ३ अंक छ ।समुह सि मा युक्रेनको पनि २ खेलमा ३ अंक रहेको छ भने नर्थ मेसेडोनियाले दुवै खेलमा हार बेहोरेको छ ।

योसँगै अहिलेसम्म युरोकपमा नेदरल्यान्ड्ससहित बेल्जियम र इटाली नकआउट चरणमा प्रवेश गरेका छन् ।