विपद व्यवस्थापन सम्बन्धि मन्त्रिसंग छलफल

प्रकाशित मिति:

गृहमन्त्री खगराज अधिकारीले सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीसँग छलफल गरेका छन् । मनसुन सुरु भएसँगै सुरु भएको विपद्को‌ विषयमा छलफल केन्द्रित रहेको गृह मन्त्रालयले जनाएको छ । छलफलमा मुलुकको शान्ति सुरक्षाको स्थिति, कोभिड९१९ संकटको व्यवस्थापन तथा नियन्त्रणको विषयमा पनि कुराकानी हुनेछ । प्रदेशका एक मन्त्रीले बताएअनुसार छलफलमा प्रहरी समायोजनको काम छिट्टै सक्न पनि गृहमन्त्री अधिकारीलाई सुझाव दिइएको छ ।