नेपालमा थपिए २४४२ कोरोना संक्रमित, ३४५६ निको

प्रकाशित मिति:

बुटवल । नेपालमा थप २४४२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट १४२१ र एन्टिजेन विधिबाट १०२१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख २१ हजार ५६ र एन्टिजेनबाट २६ हजार ५९५ जना पुगेको छ ।

यस्तै, सोही अवधीमा थप ३ हजार ४५६ जनाले कोरोना जितेका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ५६ हजार ७९८ पुगेको छ । नेपालमा कोरोनाबाट आज ५१ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ८ हजार ७२६ पुगेको छ ।