निषेधाज्ञामा सुनसान लुम्वीनी (फोटो फिचर )

प्रकाशित मिति:

लुम्वीनी । कोरोना महामारीका कारण लागु भएको लकडाउनले बुद्ध जन्मस्थल लुम्बिनी अहिले सुनसान भएको छ । दैनिक हजारौं पर्यटकहरुलाई स्वागत गर्ने शान्ति स्थल लुम्बिनी हाल पर्यटक विहिन अनुभव गरिरहेको छ । यहाँ घुम्न आउने जो कोहीलाई विश्व शान्तिको लागि मौन आह्वान गरिरहने शान्ति दीप एक्लै भएपनि बल्न छोडेको छैन्, अझै पनि निरन्तर बलिरहेको छ । शान्ति दीप बाट विश्व शान्ति स्तुपको दृष्य भने सफा देखिएको छ, प्रदुषण कम भएर होला अरुबेला सितिमिति नदेखिने पहाडको श्रृंखला पनि प्रष्ट देखिएको छ । केन्द्रीय नहरको दुवैतिर मानिसको लामो ताँती छैन् अचेल । शान्ति दीपबाट ‘बेबी बुद्ध’ हुँदै मायादेवी मन्दिर तर्फ जाने बाटो पनि सुनसान छ । बाटोको वरिपरि भने ढकमक्क फुलेका फूल एव‌ हरियालीले स्थानलाई मनमोहक बनाएका छन् । तर यस मनमोहक वातावरणको अनुभव गर्न कोही आउन सकेका छैनन् । यसै मौकामा मायादेवी मन्दिरको वरिपरि अवस्थित रहेको गोलाकार नहरको सरसफाइ तथा सुन्दरीकरणको काम भने अगाडी बढेको देखिन्छ । तस्बिर चन्द्र प्रकाश पाठक