आज बस्ने भनिएको लुम्बिनी प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित

प्रकाशित मिति:

काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएकाे छ। आज बस्ने भनिएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित भएकाे हाे । आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीले नयाँ बजेटको राजश्व व्ययको अनुमानमाथि आफ्नो कुरा राख्ने, उठेका प्रश्नको जवाफ दिने र  विनियोजन विधेयक पेश गर्ने कार्यसूची तोकिएको थियो ।

आइतबार विपक्षी गठबन्धनले सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै बैठक बहिष्कार गरेका थिए । त्यसपछि बैठक स्थगित भएको  थियो ।