रामपुर नगरपालिकाको नवौँ नगर सभा सम्पन्न, ७४ करोड ६४ लाख ६१ हजार बराबरको अनुमानित बजेट
पाल्पा, रामपुर नगरपालिकाले नवौँ नगर सभा सम्पन्न गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा आगामि आर्थिक बर्ष २०७८र०७९ को लागि नगरपालिकाले नीति तथा कार्यक्रम सगै अनुमानित बजेट सार्वजनिक गरेको हो ।
सभामा बोल्दै कार्यक्रमका अध्यक्ष तथा नगर प्रमुख थापाले आधारभूत स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको बताउनुभयो । कोभिडमा खटाइएका स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता ,कोभिड खोप खरिद सबै स्वास्थ्य चौकीमा एम्बुलेनसको व्यवस्था गरिने तथा शिक्षा , कृषि, पर्यटन लगायतका उत्पादनशिल क्षेत्र लाई प्राथमिकता दिएको बताउनुभयो । समावेश नभएका नीति तथा कार्यक्रमलाई जनताको अपेक्षा मेयरको सुभेच्छा कार्यक्रममा समावेश गरी नगर प्रमुखको निर्णय अनुसार काम गर्ने, नक्सा पासको कामलाई अन्लाइन सेवामा आबद्द गराउन जोड दिने, अघिल्लो वर्षहरुमा प्रथमिकतामा परेका बिषय नगरलाई खरको छानो मुक्त र उज्यालो बनाइने नीति अवलम्बन गरिने भएको छ। “हाम्रो रामपुर राम्रो रामपुर, हाम्रो वडा राम्रो वडा, हाम्रो टोलको विकास जनताको अपेक्षित निकास” भन्ने नारा सहित योजना अगाडि सारेको रामपुर नगरपालिकाले एक वडा एक रंगरोगन प्रयोग नीति कार्यक्रमले समेटेको छ । २०७६ साउन पछी जन्म भएका र हुने सबै छोरीहरुलाई नगर भित्रको सामुदायिक विद्यालय र क्याम्पसमा स्नातक तह सम्म निशुल्क शिक्षा प्रदान गरिने बताइएको छ। यस्तै नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८र०७९ को लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रम महिला मैत्री देखिएको छ । मौलिकता जोगाउँदै नेतृत्व हामीमा आधुनिकता महिनावारी अभियान प्राथमिकतामा भन्ने मुल नाराका साथ रजस्वलाका बखत महिला कर्मचारीका लागि महिनामा १ दिन र गर्भवती महिला कर्मचारीहरुको लागि गर्भ परिक्षणका लागि ४ दिन विदा दिने व्यवस्था गरिने बताइएको छ।
आर्थिक बर्ष २०७८र०७९ को लागि नीति तथा कार्यक्रम संगै नगर उपप्रमुख विष्णुदेवी घिमिरेले ७४ करोड ६४ लाख ६१ हजार बराबरको अनुमानित बजेट सार्वजनिक गरेसगैँ नगर सभा सम्पन्न भएको थियो । सभामा नगर उपप्रमुख विष्णुदेवी घिमिरेले सबैभन्दा बढी शिक्षामा २५ करोड ४३ लाख ५० हजार रुपैयाँ, स्वास्थ्यमा ५ करोड ७० लाख ५० हजार रुपैयाँ, पूर्वाधार विकास तर्फ सडकमा ४ करोड ९ लाख ५५ हजार, खानेपानी तथा सरसफाईमा २ करोड ५ लाख ५० हजार रुपैयाँ, सुचना प्रबिधीमा २ करोड ५ लाख ५७ हजार रुपया, भवन तथा शहरी विकास तर्फ १ करोड ३३ लाख ५५ हजार रुपैयाँ, अर्थिक विकास तर्फ कृषि तथा पशु सेवामा १ करोड ९ लाख ७० हजार रुपैयाँ , विपद् व्यवस्थापन तथा वातावरणमा १ करोड, लैंगिक समानता सामाजिक समावेशीकरणमा ५७ लाख ७० हजार रुपैयाँ बजेट प्रस्तुत गर्नुभयो ।
साथै, प्रधानमन्त्रि रोजगार र रोजगारी रुपान्तरणमा ८६ लाख रुपैयाँ, सिंचाईमा ७३ लाख रुपैयाँ, उर्जा तथा विद्युतिकरणमा ४९ लाख ५० हजार रुपैयाँ, सामाजिक विकास अन्तर्गत संस्कृति प्रवर्द्धनमा ६५ लाख ९० हजार रुपैयाँ , खेलकुद तथा मनोरन्जनमा ४० लाख ६० हजार रुपैयाँ, उद्योग तथा बाणिज्यमा ५६ लाख ६० हजार रुपैयाँ र पर्यटन क्षेत्रमा ४८ लाख ८० हजार रुपैयाँ गरि ७४ करोड ६४ लाख ६१ हजार रुपैयाँको अनुमानित बजेट विनियोजन गरिएको छ। नगरमा संघिय सरकार बाट वित्तिय समानिकरण अनुदान १२ करोड ६० लाख, सशर्त अनुदान ३१ करोड २८ लाख, विषेश अनुदान १ करोड २५ लाख, प्रदेश सरकार अन्तर्गत वित्तिय समानिकरण अनुदान ६० लाख १३ हजार, सशर्त अनुदान १ करोड १५ लाख ४४ हजार, समपुरक अनुदान २ करोड, विशेष अनुदान ७० लाख, राजश्व बाँडफाँड मुअकर ४ करोड ३९ लाख २ हजार, अन्तशुल्क ४ करोड ३९ लाख हुने जानकारी दिइएको छ भने आन्तरिक स्रोत १५ करोड पुर्याउने लक्ष्य लिइएको बताउनुभयो ।
कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले नगर विकास का लागि नगरको समग्र दिगो योजना बनाउनुपर्ने भन्दै समय अनुरुप जनप्रतिनिधी र कर्मचारीहरुको क्षमता विकासका लागि विभिन्न तालिम को व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।सभामा राजश्व परामर्श समितिको वार्षिक प्रतिवेदन संयोजक विष्णुदेवी घिमिरे आचार्य, पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन संयोजक हिमाल मल्ल, आर्थिक विकास समितिको प्रतिवेदन संयोजक हुमनाथ न्यौपाने, सार्वजनिक सेवा तथा सुशासन विकास समितिको प्रतिवेदन संयोजक मित्रलाल कंडेल, न्यायिक समितिको प्रतिवेदन सदस्य विष्णु प्रसाद वस्याल, सामाजिक विकास समितिको प्रतिवेदन समिति सदस्य मिन बहादुर सिंजाली र वन विधेयक २०७८ विपद् व्यवस्थापन समिति संयोजक तारा बहादुर थापाले प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा नगर विकासमा टेवा पुर्याउने उत्कृष्ट वडा अध्यक्ष, कर्मचारी , पत्रकार , तथा व्यवसायीहरुलाई थप हौसला दिने बताउदै सम्मान समेत गरिएको थियो ।रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन रामपुर नगरपालिकाका सूचना अधिकारी रामहरि पाण्डेले गर्नुभएको थियो ।












