औषधि व्यवसायी संघद्रारा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

प्रकाशित मिति:
प्रकाश न्यौपाने 
असार ११ गते 
नवलपरासी । नेपाल औषधि व्यावसायी संघको ४८ औं स्थापना दिवसको अवसरमा  बिहिबार नवलपरासीमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाल औषधि व्यवसायी संघ नवलपरासीको आयोजनामा भएको कार्यक्रममाको प्रमुख अतिथि जिल्ला ब्याडमिन्टन संघ नवलपरासीका अध्यक्ष होमनाथ भण्डारी रहनु भएको छ ।  जिल्ला भरिबाट २६ टिमको सहभागिता रहेको थियो  ।  कार्यक्रममा रामग्राम रानिपाकडको टीम प्रथम  भएर १० हजार नगद सहित प्रमाणपत्र र सिल प्राप्त गरेको छ । भने बर्दघाटको टीम  दोस्रो र तेस्रो भएका छन ।
          संघका अध्यक्ष  रामचन्द्र पौडेलको अध्यक्षता , कोषध्यक्ष राजकुमार चौधरीको संयोजकत्वमा र संघका सचिब बाबुराम तिमिल्सिनाको सन्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला शाखाका पदाधिकारी, सल्लाहकार एबं सदस्यज्युहरुको सहभागिता रहेको थियो । स्वास्थ्यका लागि खेल रास्ट्रका लागि खेल भन्ने उद्देश्य का साथ  त्रिवेणी रिसोर्ट जिमेरेभार बर्दघाट मा संचालित मैत्रीपुर्ण ब्याडमिन्टन खेल आयोजना गरिएको संघका सचिब बाबुराम तिमिल्सिनाले जानकारी दिनु भयो ।
2 Attachments