बर्दघाट नगरपालिकाको आठौँ नगर सभा विहिबार बर्दघाटमा सम्पन्न,

प्रकाशित मिति:

रामु भुसाल-बर्दघाट नगरपालिकाको चाहना शान्त समृद्ध, समुन्नत र सुन्दर समाजको स्थापना भन्ने मुल नारा सहित पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको आठौँ नगर सभा विहिबार बर्दघाटमा सम्पन्न भएको छ । बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको सभाध्यक्षतामा नगर सभा सम्पन्न भएको हो । सभामा विगत ४ बर्ष को अवधिमा नगरमा सम्पादन भएका कार्यको सक्षिंप्त ब्यहोरा सहित आ.व ०७८।७९ को निति ,कार्यक््रम तथा बजेट प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख धिरज शर्मा बस्यालले नगरले कोभिड १९ को महामारी बाट नागरिकको रक्षा गनृे भौतिक पुर्वाधार विकास गर्ने ,कृषि सहकारी ,पशु विकास , घरेलु तथा लघु उध्म र पुर्वाधार विकासको क्रियाकलाप मार्फत रोजगारी सृर्जना गर्ने , स्वास्थ्य संस्थाहरुको सबलीकरण गुणस्तरिय शिक्षा ,खानेपानी र सरसफाईमा सबैको पहुच मार्फत सामाजिक सशक्तिकरण र मानविय विकास गर्ने, विपत व्यवस्थापन गर्दै वातावरणको विकास अवधारणा अवलम्बन गर्ने उदेश्यका साथ निति तथा कार्यक्रम ल्याएको बताउदै कोभिड १९ को रोकथाम नियन्त्रण तथा उपचारको लागी परिक्षणको दायरा विस्तार , उपचारको व्यवस्था , स्वास्थ्य उपकरण तथा सामाग्री को आपुर्ती ,उपलब्ध खोपको समुचित व्यवस्थापन , चिकित्सक एवं स्वास्थ्यकर्मीको प्रभावकारी परिचालन , कृषि पशु र लघु उधमलाई प्राथमिकतामा राख्दै सबै बस्ती हरमा सडक विस्तार , सबै नागरिकलाई स्वास्थ्य विमामा आवद्द शिक्षा स्वास्थ्य र खानेपानी तथा सामाजिक पुर्वाधारको विकास गर्ने र सेवा प्रवाहको गुणस्तरमा अभिबृद्धि गरी सुशासन अनुभुती दिलाउने , आन्तरिक आय अभिवृद्धि , बिगतमा सुरु गरिएका परियोजनाहरुलाई पुर्णता दिने लगायतका कार्यहरुलाई निति कार्यक्रम तथा बजेटमा समावेश गरिएको बताउनु भयो ।

सोही अवसरमा नगर उप प्रमुख माया देवी पौडेलले बजेट व्यक्तव्य प्रस्तुत गर्दै आन्तरिक आय तर्फ ९ करोड ९४ लाख ९० हजार , संधिय सरकार बाट प्राप्त अनुदान ६१ करोड ३३ लाख , र प्रदेश सरकार बाट ८ करोड ७२ लाख १० हजार गरी कुल विनियोजन मध्ये चालु खर्च तर्फ ४५ करोड ७६ लाख २८ हजार र पुजिगत तर्फृृृृ ३४ करोड २३ लाख ३२ हजार गरी ८० करोड बराबरको बजेट प्रस्तुत गर्दै , सडक यातायात तथा पुल कल्भर्टमा १७ करोड ७५ लाख , भवन तथा सहरी विकासमा ४ करोड ४५ लाख , खानेपानी तथा सरसफाईमा ५७ लाख ४० हजार , सिचाई मा २३ लाख ८० हजार , कृषि तथा पशुपालनमा ३ करोड ३१ लख , पर्यटन मा ४ करोड ५६ लाख , बिधुत्त तथा बैबल्पिक उर्जा ४२ लाख १६ हजार , । सुचना तथा सञ्चार १५ लाख शिक्षा २२ करोड १० लाख स्वास्थ्य तथा पोषण ६ करोड ३३ लाख , वन वातावरण र विपद् व्यवस्थापन ८७ लाख , खेलकुद श्रम तथा रोजगारमा १ करोड ८० लाख विनियोजन गरिएको बजेट ब्यक्तव्य प्रस्तुत गर्नु भएकमो थियो । सोही सभाबाट बर्दघाट नगरपालिकाको आर्थिक बिधेयक २०७८ ,बर्दघाट नगरपालिकाको विनियोजन बिधेयक २०७८ , बर्दघाट नगरपालिकाको वन व्यवस्थापन सम्बन्धमा व्इव्स्था गर्न बनेको बिधेयक २०७८ , बर्दघाट नगर शिक्षा एन २०७७ को प्रथम संसोधन लगायत प््रस्तावित बिधेयक र एैन पारित समेत भएको छ। सो अवसरमा कोभिड महामारीको समयमा समेत प्रभावकारी कार्य गरेको भन्दै बर्दघाट स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवाली सहित ७ जना लाई नगद १० हजार सहित दोसल्ला र प्रमाण पत्र द्धारा सम्मान गरिएको थियो । सो आठौ नगर सभाको सामुदायिक रेडियो दाउन्ने १०३.४ मेगाहर्ज बर्दघाटले प्रत्यक्ष प्रसारण समेत गरेको थियो ।