भीरकोट नगरपालिकाको बजेट सार्वजनिक

प्रकाशित मिति:

स्याङ्गजा,११ असार-जिल्लाको मध्ये भागमा अवस्थित भीरकोट नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु ६८ करोड २६ लाख ४७ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । उपप्रमुख सिमा केसी कर्माचार्यले बजेट प्रस्तुत गर्दै कार्यालय सञ्चालन तथा प्राशासनिक खर्चतर्फ रु ३९ करोड ११ लाख ४२ हजार तथा पूँजीगततर्फ रु १४ करोड १४ लाख ८० हजार खर्च हुने अनुमान प्रस्तुत गर्नुभयो । नगरपालिकाको कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ५७.३ प्रतिशत र पूँजीगततर्फ ४२.७ प्रतिशत छ ।

पूँजीगत खर्चमध्ये पूर्बाधार विकास क्षेत्रमा रु ९ करोड ९१ लाख , आर्थिक विकास क्षेत्रमा रु ७० लाख, सामाजिक विकास क्षेत्रमा रु १ करोड ९२ लाख २५ हजार , सुशासन तथा अन्तर सम्वन्धित -बन वातावरण तथा विपद व्यवस्थापन समेत) क्षेत्रमा रु ७० लाख खर्च हुने अनुमान गरिएको छ । आगामी आर्थिक वर्षका लागी अनुमान गरीएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरीक राज्श्ववाट रु ३ करोड ५० लाख, संघिय सरकार र गण्डकी प्रदेश सरकारवाट प्राप्त हुने राजश्व बाँडफाडँवाट रु ८ करोड २६ लाख ९२ हजार, हन्तर सरकारी वित्तिय हस्तान्तरणवाट रु ५५ करोड ७४ लाख ५५ हजार र अन्य स्रोतवाट रु ७५ लाख व्यहोेरिने वताइएको छ ।

नगरपालिकाले आगामी आवमा ‘समृद्ध भीरकोट, सुखी भीरकोटवासी’ नाराका साथ भीरकोट कोभिड १९ को माहामारीवाट जनजिवनलाई सहज वनाउने, व्यवसायिक कृषीलाई प्रोत्साहन गर्ने, भौतीक पूर्वाधारको निर्माण, स्वास्थ्य सेवाको दायरा विस्तार, रोजगारी सिर्जना गरी नगरको विकास गर्ने नीति तथा कार्यक्रमममा उलल्लेख छ । नगर सभामायसैगरी कोभीड–१९ महामारीको रोकथाम, उपचार र नियन्त्रणका लागि ठोस कार्यक्रम कार्यान्वयन गर्ने,गर्भवतीलाई निःशुल्क अण्डा वितरण गर्ने, राष्ट्रिय खोप अभियानलाई वडास्तरमा प्रभावकारी रुपमा सञ्चालन गर्ने, भीरकोट नगर अस्पतालको स्तरोन्नती गर्ने, लगायतका कार्यक्रम छन ।

यसै गरी नगरपालिकावाट सम्पादन हुने कामलाई पारदर्शी वनाउनका लागी सार्वजनिक सुनुवाई तथा सामाजिक परिक्षण कार्यक्रम,नगरमा कार्यरत कर्मचारी, जनप्रतिनिधिहरुको लागी शिप तथा क्षमता विकास,वाडमा भएका योजना तथा कार्यक्रमहरुको अनुगमन,नगर र वाडवाट संकलन कर दस्तुर सेवा शुल्क जस्ता कर तथा गैह्रकर संकलन कार्यलाई सहज र सूचना प्रविधिमैत्री वनाई राज्श्व लेखाङन तथा प्रतिवेदन प्रणालीलाई चुस्त वनाउन वेव वेस सफ्टेर जडान,खानेपानी,सिंचाई,वाटो निर्माण, भौतीक संरचना निर्माण आदी जस्ता कार्यक्रममा आवश्यक वजेटको व्यवस्था गरीएको छ ।आठौ नगर सभामा लेखा समितिका संयोजक कमल विकास त्रिवाठीले लोखा समिति प्रतिवेदन र विद्यायन समितिका संयोजक दिपेन्द्र केसीले भीरकोट नगरपालिकाको ऐन २०७८ प्रस्तुत गर्नुभएकोे थियो भने आँठौ नगरसभावाट वहुमतले पारित भएको छ ।