स्व. पत्रकार हिक्मत चौधरीको परिवारलाई थारु पत्रकार संघद्वारा २० हजार सहयोग

प्रकाशित मिति:

बुटवल, असार  १३ गते । थारु पत्रकार संघ नेपालका पूर्व केन्द्रीय सदस्य कोभिड संक्रमणबाट उपचारकै क्रममा निधन भएका तिलोत्तमा ५ मणिग्राम निवासी पत्रकार हिक्मत चौधरीको परिवारलाई शनिबार थारु पत्रकार संघ नेपाल केन्द्रीय कार्य समितिले नगद तथा स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

परिवारमा सहयोग पुग्ने उद्देश्यले घरमै गएर स्व. पत्रकार चौधरीकी धर्मपत्नी उदयदेवी कहार चौधरीलाई संघको आकस्मिक सहयोग आर्थिक सहायता कोषबाट नगद २० हजार रुपियाँ र केही स्वास्थ्य सामाग्री प्रदानगरेको संघ नेपालका केन्द्रीय अध्यक्ष सन्तोष दहितले बताउनुभयो ।सहयोग हस्तान्तरण कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष सन्तोष दहित, केन्द्रीय सचिव कमल चौधरी, आकस्मिक सहयोग आर्थिक सहायता कोषमा सहयोग गर्ने दाता साहत्यिकार, उपप्राध्यायपक प्रेम चौधरी (लब्लिन क्यानभास), ख्याल बगालका अध्यक्ष तथा पत्रकार सबि थारु लगायतको उपस्थिति रहेको थियो । थारु पत्रकार संघका रुपन्देही जिल्ला सल्लाहकार समेत रहनुभएका स्व. पत्रकार चौधरीको कोरोना संक्रमणका कारण लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना बिशेष अस्पतालमा गत जेष्ठ ५ गते बुधबार निधन भएको थियो ।

स्व. चौधरी विभिन्न मिडियामा अवद्ध रहनुभएको थियो । उहाँ थुप्रै समाजिक संघ संस्थामा समेत क्रियाशिल हुनुहुन्थ्यो । उहाँ नेपाल पत्रकार महासंघ रुपन्देहीको कार्य समितिका पूर्व सदस्य एवम् आदिवासी जनाजति पत्रकार महासंघ रुपन्देहीका पूर्व उपाध्यक्ष समेत रहनुभएको थियो ।स्व.चौधरीका २ छोरा, ४ छोरी र श्रीमती हुनुहुन्छ । साथै थारु पत्रकार संघले एक जुझारु थारु पत्रकार गुमाएकोमा दुःख प्रकट गरेको छ । दुःखको समयमा थारु पत्रकारको आकस्मिक सहयोग आर्थिक सहायता कोषमा सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुलाई संघले धन्यवाद व्यक्त गरेको छ ।