युरोपेली आकाशमा नेपाली विमानलाई ‘नो इन्ट्री’

प्रकाशित मिति:

काठमाडौं , १६ मंसिर– नेपाली विमानलाई आफ्नो भूमिमा उड्न प्रतिबन्ध लगाउने गरी कालोसूचीमा राखेको युरोपियन युनियन इयुले त्यसलाई पुनः निरन्तरता दिएको छ ।

ईयुको हवाई क्षेत्रसँग सम्बन्धित ६÷६ महिनामा हुने बैठकले कालोसुचीमा राख्ने निर्णयलाई निरन्तरता दिएको हो ।
ईयुले सन् २०१३ देखि नेपालको हवाई सुरक्षा क्षेत्र कमजोर रहेको भन्दै नेपाली विमानलाई युरोपेली भुमिमा उडाउन प्रतिबन्ध लगाउँदै आएको छ ।

नेपालका तर्फबाट पटक÷पटक प्रयास भए पनि सूचीबाट हट्न सकेको छैन । कान्तिपुर दैनिकबाट