नुवाकोट युवा समूह द्धारा दाङ जिल्लामा राहत वितरण

प्रकाशित मिति:

काठमाडौ । नुवाकोट युवा समूहले दाङ जिल्लामा राहत वितरण गरेको छ । उक्त समूहले जिल्लाको तुल्सिपुर उपमहानगरपालिका १८ को सातकुलेमा राहत वितरण गरेको हो । सो समूहले आर्थिक विपन्न भएका ४० भन्दा बढी घरपरिवारलाई राहत वितरण गरेको उक्त समुहलाई नेतृत्व गरेका सुवास डंगाेलले जानकारी दिए । त्यस्तै काठमाडौदेखि राहत वितरण स्थलसम्म पुग्दा विभिन्न विघ्नबाधाको बाबजुद पनि सम्बन्धि ठाउँमा पुगेर राहत दिन पाँउदा खुसी लागेको डंगाेलले बताए ।

कोरोना कहरका कारण गरिएको निषेधाज्ञा र केही दिन अगाडी आएको वर्षाको कारण देशक विभिन्न भुभागमा अप्ठ्यारोमा परेको यो समयमा सरकारले कुनै प्रकारको सहयोग नगरेको आम जनसमुदायबाट आरोप लागिरहेको बेला यो समुहले भने दुखीपीडितलाई राहत दिएर उदाहरणीय काम गरेको छ । सो समूहले प्रत्येक परिवारलाई एकएक बोरा चामलसहित नुन, तेल, दाल, साबुन, मास्क लगायत राहतस्वरूप दिएको हो । वास्तविक अपांग, असहाय र गरीबलाई राहत दिन पाँउदा अत्यन्तै खुसी लागेको नुवाकोट युवा समुहलाई नेतृत्व गरेका अर्का व्यक्ति श्याम मगरले बताए ।

त्यस्तै मगरले भने, ‘हामीसँग पनि धेरै धन भएर होइन यो अवस्थामा सबै बाँच्नुपर्छ भन्ने हेतुले काठमाडौ देखि यहाँ आएर राहत दिएका हौँ ।’ त्यस्तै धनभन्दा पनि मन ठुलो गरेर हामीले यही समुहमा भएका युवाहरुबाट स्वईच्छाले केही रकम संकलन गरेर राहत दिएको मगरले बताए । विशुद्ध नेपाली नागरिकहरु एकजुट भएर बनेको यो समुहले वितरण गरेको राहतले वास्तविक पीडितलाई सहयोग पुगेको पनि मगरले बताए । नुवाकोट युवा समुहले अपांग, एकल महिला, सुकुम्बासी र गरीब समुदायलाई राहत दिएको थियो । समूहले समस्यामा परेको बेला राहत पाँउदा खुसी लागेको राहत पाउने व्यक्तिहरू बताए ।