मिस वर्ल्डको ‘हेड टु हेड च्यालेन्ज’मा हारिन श्रृंखला तर अझै बाँकी छन यि १७ वटा ‘अप्सन’ (भिडियो)
बुटवल , १६ मंसिर – मिस वर्ल्डको हेड टु हेड च्यालेन्जमा नेपाली सुन्दरी श्रृंखला खतिवडा पराजित भएपछि आफ्नो आधिकारी धारणा सार्वजनिक गरेकी छिन् ।
चीनमा जारी प्रतिस्पर्धामा शनिबार राति भएको हेड टू हेडमा मिस नेपाल श्रृंखला सिंगापुरकी सुन्दरीसँग ३–० ले पराजित भएकी हुन् । तर, हेड टु हेडको यो च्यालेन्जमा पराजित भएपनि उनको मिस वर्ल्ड यात्रा भने टुंग्गिएको छैन् ।
मिस वर्ल्डको टप ३० मा अझैपनि १७ वटा ठाउँहरु खाली छ । यस्तै व्युटी विथ पर्पस र मल्टिमिडिया अवार्ड पनि बाँकी रहेकाले यसमा पनि श्रृंखलाको सम्भावना बलियो छ । हेड टू हेडमा जितेको भए भने श्रृखंला सिधैँ टप ३० मा हुनेथिइन् । पराजित भएपछि सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै उनले यसो भनिन्ः
नमस्ते नेपाल ।
हेड टू हेड च्यालेन्जको भिडियो यूटुयुबमा पोस्ट भैसकेको छ । यहाँहरुले हेरिसक्नु भयो होला । म र सिंगापुरसँगै परेका थियौं । हाम्रो च्यालेन्जमा सिंगापुरले जितिन् । र यूटूयुबमा अपलोड भएपछि प्रतिक्रिया आउँने होला भनेर डर लागिरहेको थियो । हिजो साह्रै दुःख पनि लाग्यो कि यस्तो सपोर्ट पाउँदा पनि मैले तपाईहरुको अपेक्षा पूरा गर्न सन् भनेर । तर, सिंगापुरले डिजर्भ गरेको थियो र उसैले जित्यो । त्यसैले प्लिज यूटुयुबमा नेपालले जित्नुपथ्र्यो सिंगापुरले किन जित्यो नभन्नुहोला । उ मेरो राम्रो साथी पनि हो । म एकदम खुशी छु उसको लागि ।
अवश्यपनि, मन थियो नेपालका लागि हेड टू हेड च्यालेन्जपनि जितेर टप ३० मा पुग्न पाउँ भन्ने तर नआत्तिनुहोला अझैपनि ३० वटा मध्ये १७ वटा स्पटहरु खाली नै छ, टप ३० को लागि । त्यसैले यो अन्त्य होईन । सरी, भन्न चाहान्छु । राम्रो गर्न सक्थे अझै तर हामीलाई ब्रिफिङमा चाहीँ आफ्नो प्रोजेक्ट प्रस्तुत नगर्नु होला यो प्रस्तुती शैलीबारेमात्रै हो भनिएको थियो । मैले त्यही ब्रिफिङ फलो गरें । बोल्दा बोल्दै साढे एक मिनेटको मात्रै समय थियो । टाइम लिमिटले नै धोका दिने हो कि भनेर भएदमै डर लागेर मैले एकदम धेरै पूर्वतयारी गरेको थिए । सायद धेरै तयारी पनि भयो कि के भयो बीचमा बोल्दा बोल्दै एकदुई लाइन चाहीँ भन्न छुटेको रहेछ । सायद त्यो कनेक्ट भएन त्यही दुईवटा लाइनले गरेर र । आफूलाई कनेक्टेड पनि फिल भएन् । मैले आफैपनि यूटुयुबमा भिडियो हेरें मैले कहाँ नेर गल्ती गरें भनेर । मैले अझै राम्रो गर्न पनि सक्थें ।
सरी नेपाल यत्रो भोट गरेर टप २० मा पुर्याइदिनुभयो । टप १० मा हेड टू हेडको पुग्न सकिन तर अझ पनि आशावादी छु, टप ३० मा पुग्न सक्छु भनेर अझैपनि १७ वटा स्पटहरु खाली नै छ । त्यसैले हार नमान्दिनुहोला । यत्रो माया गरिदिनु भयो, कसरी गुन तिरौं भनेर सोच्नमात्रै आउँछ । नेपाल आएर धेरै काम गर्न मन छ ।
मलाई पब्लिक फिगर हुन मन थिएन् । पब्लिक फिगर भैसकेपछि आफ्नो आवाज बलियो हुन्छ र त्यो आवाज म कसैको लागि प्रयोग गर्नसक्छु भन्ने कुरालेमात्रै मलाई मिस नेपालमा तानेको थियो । मिस वल्र्डपनि मेरालाई आवाज बलियो बनाउने माध्यममात्रै हो ।
म एउटा मान्छे संसार परिवर्तन गर्न सक्छ भन्ने कुरामा हृदयदेखि विश्वास गर्छु । सायद अलि बढी कुरा गरेजस्तो लाग्छ होला तर मलाई थाहा छ, मैले भनेको कुराहरु कति इमान्दारीताका साथ भन्छु र कति विश्वास मानेर भन्छु भनेर ।
९० सेकेन्डमा मेरो प्रोजेक्टलाई मैले जसरी सकिन्छ प्रस्तुत गरे । भविष्यको योजना केहो प्रस्तुत गर्नु भनेर सर्कुलरमा दिइएको थियो । मैले त्यसमै फोकस गर्न खोजे । सायद अत्ति तयारी भयो जस्तो लाग्यो । भिडियो हेरेर मैले महसुस गरिसके । सिंगापुरले डिजर्भ गरेको थियो । सिंगापुरले मेहनत गरेर जितेको थियो । उसलाई पनि सपोर्ट गरिदिनुस् । कमेन्टमा नेपालले जित्नुपथ्र्यो भनेर भन्दाखेरि पक्कैपनि उसलाई राम्रो लाग्दैन् र हाम्रो पनि एउटा राम्रो व्यवहार देखिदैँन । जसरी फुटबल म्याचमा सौहार्दपूर्ण वातावरणमा हामीले जितेपनि हारेपनि स्वीकार गर्नुपर्छ । अरुको जितमा पनि रमाउनुपर्छ । त्यसै गर्न सिकौं ।
सरी मेरो साइडबाट मैले गर्न सकिन् तर सिंगापुरलाई पनि पक्षपात नगरिदिनु होला । यतिधेरै मायाँ गर्नुभएकोमा धन्यवाद । सबैलाई मायाँ । अझैपनि मौका छ । व्युटी विथ द पर्पस अनि मल्टिमिडिया अवार्ड बाँकी छ । टप ३० को लागि अझैपनि ठाउँहरु खाली छन् । अझैपनि सम्भावना बाँकी छ । नआत्तिनुहोला अनि मलाई यहाँसम्म पुर्याइदिनुभएकोमा सम्पूर्णप्रति आभारी छु ।












