नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले चिनियाँ कम्युनिस्ट पार्टीको एक सयौं वर्ष गाँठको अवसरमा शुभकामना दिएको छ।आज बसेको बैठकले चिनियाँ कम्युनिस्ट पार्टीले एक सय वर्ष पुरा गरेकोमा बधाई र शुभकामना दिएको प्रवक्ता प्रदिप ज्ञवालीले बताए।
बैठकले सय वर्षको अवधिमा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनले जुन युगान्तकारी र चमत्कारिक सफलता प्राप्त गरेको छ त्यसप्रति खुसी व्यक्त गर्दै चिनियाँ सपना पूरा गर्ने सफलता प्राप्त होस् भन्ने कामना गरेको ज्ञवालीले बताए।
चिनियाँ कम्युनिस्ट पार्टीले हिजो एक सयौं वर्ष गाँठ मनाएको थियो।








