काठमाडौ- कालीगण्डकी -तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाका विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ। शुक्रबार कालीगण्डकी सरोकार युवा समूहले विरोध प्रदर्शन गरेको हो।उनीहरूले कालीगण्डकी(तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनालाई जनविरोधी, सभ्यताविरोधी र पर्यावरण खल्बल्याउने किसिमको भएको बताएका छन्।
प्रदर्शनकारीहरूले जनताको ,आवाज यही हो, कालीमा पानी चाहियोु, काली डाइभर्सन चाहिँदैन, पर्यावरण मास्न पाइँदैनु, काली डाइभर्सन हुन दिँदैनौुं लगायतका नारासहितका प्लेकार्ड बोकेका थिए।केहीदिन पहिले अर्थमन्त्री विष्णुप्रसाद पौडलले बुटवलमा आयोजित एक कार्यक्रमबीच कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाको कार्यालय उद्घाटन गरेका थिए। जसका कारण अहिले लुम्बिनी र गण्डकी प्रदेशबीच द्वन्द्व निम्तिने देखिएको छ।
बुटवल क्षेत्रका स्थानीय तथा राजनीतिक कार्यकर्ताले उक्त विषयको समर्थन गरेपनि गण्डकी प्रदेशका राजनीतिक दल तथा स्थानीयले भने विरोध गरेका छन्। गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा एमाले नेता पुथ्वी सुब्बा गुरुङले त यो विषयमा खुलेरै विरोध गरिसकेका छन्। काठमाडौमा भएको प्रदर्शनमा नेबिसंघ महामन्त्री युवराज पाण्डेय लगायतको उपस्थीती रहेको थियो ।









