अभिनेता आमिर खान र किरण रावले अलग हुने घोषणा गरेका छन् । तर, यो किन भयो रु अहिले उनीहरू कहाँ छन् रु अब के गर्छन् रु यस विषयमा आमिरका घनिष्ट साथी अमीन हाजीले केही कुरा खोलेका छन् ।आमिर र अमीन करिब २० वर्षदेखिका साथी हुन्। ‘लगान’ र ‘मंगल पाण्डे’मा उनीहरूले सँगै काम गरेका थिए।
आमिर र किरण अलग भएको विषयमा उनले यसो भनेका छन्ःमलाई यो विषयमा पहिलेदेखि सामान्य जानकारी थियो । उनीहरूबीच लकडाउनका क्रममा तनाव शुरू भएको थियो । तर, अवस्था नसम्हालिएपछि उनीहरू यो निर्णयमा पुगेका हुन् ।यही वर्षको जनवरी–फेब्रुअरीका बेला मलाई यो विषयमा थाहा भयो । तब मलाई एकदमै नरमाइलो लाग्यो। दुःख लाग्यो । जब मैले उनीहरू दुवैजनासँग कुरा गरेँ, मेरो आँसु निक्लिएको थियो । मैले उनीहरूलाई भनेको पनि थिएँ, यस्तो दिन त नदेखाऊ । तर, आज जे भएको छ, त्यही नै साँचो हो हामीले मान्नैपर्छ ।म आमिर र किरणलाई धेरै वर्षदेखि चिन्छु । मेरो बिहेको ६ महिना पहिले उनीहरूको बिहे भएको थियो । मैले उनीहरूका साथमा निकै रमाइलो समय बिताएको छु । उनीहरूसँगै काम गरेको छु, चाहे त्यो चर्चित टक शो ‘सत्यमेव जयते’ होस् वा ‘पानी फाउन्डेसन ।दुवै जना साँच्चै एकदमै राम्रा छन्, मेरो लागि मात्रै होइन सबका लागि ।
सबैको मनमा अर्को एउटा प्रश्न आउला कि अलग हुने निर्णयको कारण के थियो रु तर, म मान्दिनँ कि उनीहरूबीच ‘क्रियटिभ डिफ्रेन्सेज’ बढ्न लागेको थियो वा ‘मेन्टल फ्रिक्वेन्सी’ नमिल्नेजस्ता केही भएका थिए, जसकारण यति राम्रो सम्बन्धमा दरार आओस् ।यो थाहा पाएर हैरान पनि हुन सक्नुहुन्छ कि अलग हुने घोषणा गर्ने बेला उनीहरू लद्दाखमा ‘लाल सिंह चड्ढा’को छायांकनमा व्यस्त छन् ।किरण यो चलचित्रकी निर्माता हुन् । यदि उनीहरूबीच सम्बन्ध बिग्रेको हुन्थ्यो भने यो सम्भव हुन्थ्यो र रु बिलकुलै हुँदैनथ्यो ।सम्बन्ध टुट्नु कसैको निजी मामला हुन्छ । मलाई लाग्छ सायद आमिरले कामको व्यस्तताका कारण परिवारका लागि समय दिन पाएका थिएनन्, जसकारण यस्तो निर्णय भएको हो ।कुनै बेला महात्मा गान्धीका छोराको पनि सम्बन्ध राम्रो थिएन । किनकि उनका छोरा भन्थे– तपाईंको साथमा ‘फादर अफ द नेशन’ बन्नका लागि समय छ तर, आफ्नो छोराको बाबु बन्नका लागि छैन ।अहिले विभिन्न किसिमका कुराहरू आएका छन् । कतिपयले भनेका छन् कि आमिरको जीवनमा अरू कसैको ‘इन्ट्री’ भएको छ, तर यो गलत हो । यदि यसो हुन्थ्यो भने मलाई यसबारेमा जानकारी हुन्थ्यो। किनकि म र आमिर वर्षौंका साथी हौं ।दुवैको अलग हुने निर्णय आपसी समझदारीमा नै भएको हो । यस्तोमा कुनै एकको तर्फबाट केही पनि बोल्नु उचित हुँदैन । तर, मलाई लाग्छ जिन्दगीले सफल मान्छेहरूकै धेरै परीक्षा लिने गर्छ।











