मङ्सिर १७ काठमाडौं । विवादस्पद क्रिश्चियन संस्था युनिभर्सल पिस फेडरेसन (युपिएफ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक लाख डलर पुरस्कार प्रदान गरेको छ।
आइतबार एसिया प्यासिफिक सम्मेलनको समापन समारोहमा युपिएफले ‘गुड लिडरसिप एन्ड गभर्नेन्स’ नामक एक लाख डलरको उक्त पुरस्कार प्रधानमन्त्री ओलीलाई प्रदान गरेको हो।
संस्थाकी प्रमुख हक जा हन मुनले प्रधानमन्त्री ओलीलाई उक्त पुरस्कार प्रदान गरेकी हुन्। पुरस्कारका साथमा उनलाई सम्मान पत्र समेत प्रदान गरिएको थियो।
पुरस्कार ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले बालबालिका तथा युवा विकासमा सो रकम खर्च गर्ने जनाएका छन्।
शनिबारदेखि जारी उक्त सम्मेलन आइतबार सामूहिक फोटो सेसनसँगै समापन भएको छ।












