आज २७ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै

प्रकाशित मिति:

१७ मंसिर, काठमाडौ । आज २७औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले दिवसको अवसरमा आज काठमाडौँमा -यालीसहितको कार्यक्रमको आयोजना गरेको छ । महासंघका अध्यक्ष सुदर्शन सुवेदीले महासंघले पछिल्ला केही वर्षयता अपाङ्गता भएका व्यक्तिका अधिकारका लागि दुर्गम गाउँमा गएर उनीहरूलाई आर्थिक तथा सामाजिकरूपमा सशक्त बनाउने कार्यक्रम सञ्चालन गर्दै आए पनि पर्याप्त नभएको बताए ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, नीति र कानूनमा अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा, पुनःस्थापना, सहभागिता र समावेशीकरणलाई प्राथमिकतामा राखिएको बताएका छन् ।

सत्ताइसौँ अन्तर्राष्ट्रिय अपाङग दिवसका उपलक्ष्यमा आज शुभकामना सन्देश दिँदै ओलीले अपाङ्गता भएका व्यक्तिको राज्यप्रदत्त सेवा सुविधा र अवसरलगायत जनलक्षित हरेक कार्यक्रममा समान पहुँच हुनु पर्छ र अरु सरह लाभान्वित हुन पाउनु पर्छमा भन्नेमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।