स्याङ्जा प्रहरीद्वारा फरार प्रतिवादीहरू पक्राउः कानुनी राज्यको प्रत्याभूति

प्रकाशित मिति:

असार २२, स्याङ्जा- स्याङ्जा प्रहरीले असार ७ गतेदेखि २२ सम्म अदालतको फैसलाबाट कैद तथा जरिवाना असुल उपर गर्न बाँकी रहेका जबरजस्ती करणी , लागुऔषध, , बैदेशिक रोजगार, सवारी, ज्यान, नाता कायम, करकाप ,गालीबेईज्जती लगायतका बिभिन्न मुद्दामा बिभिन समयमा फैसला भई लुकिछिपि बसेका २० फरार प्रतिवादीहरुलाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले फरार प्रतिवादीहरुलाई कानुनी कारवाहीको दायरामा ल्याई अदालतबाट भएको फैसलालाई कडाईका साथ कार्यान्वयनमा ल्याएको छ । कैद तथा जरिवाना तोकिएका व्यक्तिहरु समाजमा रहँदा शान्ति सुरक्षामा समेत चुनौती आउने र अपराध गरे पश्चात पनि बिना सजाय समाजमा रहदा अपराध गर्न प्रोत्साहित हुने भएकाले प्रहरीले यस्ता व्यक्तिहरुलाई कडाइका साथ खोजी गरिरहेको प्रहरी प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले बताएका छन् ।

प्रहरीले विशेष योजना बनाइ फरार प्रतिवादीहरुलाई जिल्लाभित्रका बिभिन्न स्थान र बाहिर जिल्लाबाट समेत समन्वय गरी पक्राउ गर्न सफल भएको हो । यसका साथै प्रहरीले २०३९ सालदेखि सवारी ज्यान मुद्धामा फरार रहेका स्याङ्जा पुतलीबजार न।पा। वडा नं। ६ बस्ने ६५ वर्षीय मोति प्रसाद गुरूङ, २०७० सालमा नाबालिकालाई जबर्जस्ती करणी मुद्धामा ५ बर्ष कैद तोकिई फरार रहेका स्याङ्जा अर्जुनचौपारी गा।पा। वडा नं। २ बस्ने बर्ष ७१ मन ब। रोकाहा लगायत विभिन्न मुद्दामा संलग्न भई विगत लामो समयदेखि फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी स्याङ्जा जिल्ला अदालतमा आवश्यक कार्वाहीको लागि उपस्थित गराएको छ ।

प्रहरीको यस कार्यले कानुनी राज्यको प्रत्याभूति दिएको स्थानीयले बताएका छन् । स्याङ्जा प्रहरीको यो कदमलाई सर्वत्र प्रशंसा गरिएको छ ।