१ लाख २३ हजार नगदसहित ठमेलबाट पाँच चिनियाँ जुवाडे पक्राउ

प्रकाशित मिति:

काठमाडौं, असार २४ : ठमेलस्थित एक होटलमा जुवा खेलिरहेका पाँच जना चिनियाँ नागरिक पक्राउ परेका छन् । चिनियाँ नागरिक हे सिआओलङले सञ्चालन गरेको होटल सिआओ सियाङबाट महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले चिनियाँ नागरिकलाई पक्राउ गरेको हो।

बुधबार राति करिब १० बजेट प्रहरी टोली ठमेलको जेपी मोडस्थित होटलमा पुगेको थियो।पक्राउ पर्नेमा हे सिआओलङ, पी च्वाङछी, हु वाङबिन, हे फुयु र लि सिआओ टङ रहेको प्रहरीले जनाएको छ ।उनीहरूको साथबाट १ लाख २३ हजार रूपैयाँ नगद, जुवातास खेल्न प्रयोग हुने विद्युतीय टेबुल, तास, प्लाष्टिकको गोटी लगायत बरामद गरिएको छ । उनीहरूलाई जुवा ऐन अन्तर्गत कारबाही थालिएको प्रहरीले जनाएको छ।