कांग्रेसमा नयाँ नेतृत्वको लागि चुनावी चहलपहल, अचार्यलाई नगर सभापतिमा सर्वसम्मत सिफरिस
कपिलबस्तु, २७ असार। नेपाली कांग्रेसमा महाधिवेशनको सरगर्मी बढ्दै छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति तय भएसंगै वडा, नगर, प्रदेश र केन्द्रीय तहमा चुनावी चहलपहल बढेको हो । पछिल्लो केहि दिन देखि कपिलबस्तु जिल्लाको बाणगंगा नगरपालिकामा समेत नयाँ नेतृत्वको लागि चुनावी चहलपहल बढ्दै गएको छ । शनिबार वाणगंगा वडा नं ८ को एक भेलाले नगर सभापतिका लागि सर्वसम्मतबाट निर्णय समेत गरेको छ । बाणगंगा ८ बोर्डगाउँमा कृयाशिल सदस्यहरुको एक भेलाले आउदो १४ औं नगर अधिवेसनलाई लक्षित गरी नगर सभापति पदका लागि सर्वसम्मत सिफरिस गर्ने प्रारम्भिक निर्णय समेत गरेकोे हो ।
६३ जना कृयाशिल सदस्यहरुको एक भेलामा विगत लामो समयदेखि नेपाल विद्यार्थी संघ, तरण दल हुदै नेपाली कांगेसमा आवद्ध रही विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रमा कृयाशिल एव सामाजिक न्यायका विषयम समेत जानकार सत्चरित्रका धनी व्यक्तित्व रविराज आचार्यलाई सभापति पद उपयुक्त रहेको धारण सहित प्रस्तावित गरेको छ । नेपाली कांगेस कृयाशिल सदस्यहरको भेलामा नेपाली कागं्रेसले हाल सम्म सम्पन्न गरेका कार्यहरुको समिक्षा, वर्तमान कम्युनिष्ट सरकारले गरेको स्वेच्छाचारी र असम्वैधानिक कदमका वारेमा समिक्षा गदै आउदो अधिवेशनको तयारी सुरु भएको जानकारी गराईको थियो । युवा नेतृत्वलाई प्राथमिकतामा राखेर अयोजना गरिएको कार्यक्रममा वडा देखि जिल्ला, प्रदेश तथा केन्द्र सम्म पदिय दावा गर्न सक्ने सदस्यहरुको पहिचान गर्न स्वघोषणा एवं पदमा पुगेपछि कसरी र के काम गर्न योग्य छ भन्ने विषय प्रस्तुत लगाईएको थियो । भने करिव ४ जना कृयाशिल सदस्यहरु सवै तहमा नेतृत्व गर्न वा पदिय दायित्व निर्वाह गर्न सक्षम रहेको र आफूहरुको उम्मेदवारी रहने जानकारी समेत गराएका थिए । कार्यक्रमा उपस्थित कृयाशिल सदस्यहरुले कुनै पनि हातलमा कम्युनिष्टहरुलाई सहज हुने र उनीहरुको चिप्ला कुरामा नफस्ने उम्मेदवारहरुलाई मात्र आफनो सहयोग रहेन कुरा समेत स्पष्ट पारेका थिए । कृयाशिल सदस्य कृष्ण पोखरेलले रवि अचार्यका उम्मेदवारी वामपन्थि नेतासंग टक्करलिन सक्ने क्षमता भएको कारण वडाले सर्व सम्मत रुपमा आचार्यलाई नेतृत्वमा ल्याउन चाहेको वताए । अन्य क्रियाशिल सदस्यहरु जगन्नाथ भण्डारी, मित्रलाला कंडेल, रामप्रसाद पौडेल, वसन्त खनाल, पुष्प राई, सन्तोष पौडेल लगायतले वर्तमान समयमा वडा कार्यसमितिले प्रभावकारी कार्य सम्पादन गर्न नसकेको र कम्यनिष्टहरुको मित्र जस्तो भई भूमिका विहिन भएको नगरपालिकाको वेथिति उपर समेत कुनै विरोध पर्दशन गर्न नसकेकोले सक्षम उम्मेदवार हुन आवस्यक रहेका वताएका छन् । सोही अवसरमा कृयाशिल सदस्य प्रेम नारायण पौडेले जिल्ला तथा प्रदेश तहमा नेतृत्व लिन चाहेका वताए भने कृष्ण प्रसाद न्यौपानेले केन्द्रमा समेत भूमिका खेल्न सक्षम भएको भन्दै सहयोगको अपिल गरे ।
त्यसैगरी वरिष्ठ व्यक्तित्व टोपनारायण भण्डारीले जिल्ला तहमा आफ्नो नेतृत्व स्थापित गरी नेपाली कांगे्रसको गरिमा वढाउन काम गर्न सक्षम रहेको वताए । सोहि अवसरमा महिलाहरु समेत सवै तहकालागि आफूहरु सक्षम रहेका समेत वताएका छन । वाणगंगा नगरपालिकाको वडा नं ८ मा नेपाली कांग्रेसका कृयाशिल सदस्यहरु ३६० जना रहेकोले ३६ जना प्रतिनिधि पाउने र सोही वमोजिम माहासमिति सदस्य पाउने भएकाले धेरै जनाको आंकाक्षा समेत रहेको वताईको छ । नेपाली काग्रेस कृयाशिल सदस्यहरुको भेला सभापति धु्रर्व कडेलको सभापतित्वमा र क्षेत्रिय प्रतिनिध प्रेप नारायण पौडेल, शिवलाल भण्डारी, हिमलाल पौडेलको आतिथ्यतामा सम्पन्न भएको थियो । तर पनि वडा नं. ८ मा नेपालि कांग्रेस ठूलो संख्यामा कृयाशिल भएको भए पनि यहाँका कांग्रेस आवद्ध नेतृत्व कम्युनिष्टहरुको पिछलग्गु मात्र भई प्रभावकारी रुपम संगठन निर्माण, कार्यकर्ता संरक्षण र आपसी भाईचारा निकै कमजोर रहेका लामो समय देखि पार्टीमा आवद्ध रहेका सदस्यहरुको गुनासो भने आइ रहेने गरेको छ । समयमै कार्यकर्ताहरुको असन्तष्टिलाई संवोधन गर्न नसकेका आउदा दिनहरुका समेत कागैसीहरुको लज्जा जनक स्थिति आउने भएकाले समयमै सचेत हुन जरुरि देखिन्छ ।












