विपक्षीहरूको अवरोधका कारण रोकिएको लुम्बिनी प्रदेशसभा बैठक आज बाट सुरु

प्रकाशित मिति:

विपक्षीहरूको अवरोधका कारण लामो समय रोकिएको लुम्बिनी प्रदेश सभाको आजको बैठकमा भने बजेटमाथि छलफल शुरु भएको छ । यससँगै लुम्बिनी प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले विनियोजन विधेयक टेबुल गरेका छन् ।यसअघि विपक्षी दलहरूले सदन अवरोध गर्ने बताए पनि बैठकको शुरुमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले आफ्नो भनाइ राख्दै सदन चल्न दिएका थिए । उनले सदन अवरोध गर्नु बाध्यता भएको बताउँदै अहिले पनि सरकार अल्पमत परेको जिकिर गरेका थिए ।

केसीको भनाइपछि सदन नियमित कारबाहीमा प्रवेश गरेको थियो । प्रतिपक्षी दलले असार ६ गते अवरोध गरेपछि असार ९ सम्म स्थगित भएको थियो । गत असार ९ मा सूचना टाँस गरी बैठक स्थगित भएको थियो ।आजको बैठकमा विनियोजन विधेयक प्रस्तुत गरेका अर्थमन्त्री चौधरीले सरकारले सबै पक्षलाई समेट्ने गरी बजेट ल्याएको दावी गरेका थिए । उनले प्रदेश सभाका सदस्यहरुको सहयोगमै बजेट पास गर्नुपर्ने बताए ।

संसदमा बहुमत पु¥याउन दवाव दिँदै आएको विपक्षी गठबन्धन र सरकार राजनीतिक रुपमा संसदमा अल्पमतमा नरहेको कानूनी आधार देखाउँदै आएको सत्तारुढ नेकपा एमालेको अडानले लुम्बिनी प्रदेशको राजनीति थप पेचिलो बन्न पुगेको छ ।