बझाङ जिल्लामा सञ्चालित वर्ल्ड भिजन र प्रगतिशील युवा समाजको साझेदारीमा जोखिममा रहेका बालबालिका तथा तिनका परिवारलाई खाद्य सामग्री वितरण गरिएको छ ।
जयपृथ्वी नगरपालिकाका ५ र केदारस्युँ गाउँपालिकाका ४ वडाका कोभिड–१९ प्रभावित घरधुरीलाई सामग्री वितरण गरिएको हो । भिजन र समाजले स्थानीय तहसँग सहकार्य गरेर खाद्यान्नका कार्यक्रम मात्र नभई ठूलो मात्रामा स्वास्थ्य सामग्री वितरणलगायत विद्यालय तथा शैक्षिक संस्था बन्द रहेका अवस्थामा हरेक शनिवार पढाइ शिविर, वडामा खानेपानीका ट्यांकी निर्माण, विद्यालयमा घेरबार, बसाइ व्यवस्थापन जस्ता काम समेत गर्दै आएको समाजका कार्यक्रम अधिकृत यज्ञराज जोशीले बताए ।








