राईज योर भ्वाईस सिजन २ को तयारी तिब्र,, पहिलो अडिशन यही २२ गते

प्रकाशित मिति:

सगरमाथा डान्स सेन्टरको आयोजनामा राईज योर भ्वाईस सिजन २ हुने भएको छ ।मङ्सिर २२ गतेबाट अडिसन शुरु भई लाईभ ब्याण्डको साथमा फाईनल प्रतिष्पर्धा हुने पत्रकार सम्मेलन गरी आयोजक संस्थाका अध्यक्ष मुकेश गुरुङ्ले जानकारी दिनुभयो । २२ गते पहिलो अडिशन वर्दघाटमा हुनेछ । त्यसैगरी २७ गते बुटवलमा अडिशन हुने र ७ गते भैरहवामा अडिशन सम्पन्न भई फाईनल प्रतिष्पर्धाका लागि टप १० प्रतिष्पर्धीहरुबीच ब्याण्डको उपस्थितीमा प्रतियोगिता गराउने संयोजक प्रेम नेपालीले बताउनुभयो । प्रतियोगितामा प्रथम हुनेले यामाहाको एफ जेड एस मोटरसाईकल सहित म्युजिक भिडियो र विभिन्न पुरस्कार प्राप्त गनेछन् भने द्धितीयका लागि नगद रु ३०हजार र तृतीयका लागि रु १५ हजार पुरस्कार राखिएको नेपालीले जानकारी दिनुभयो । गत वर्ष सम्पन्न प्रथम राईज योर भ्वाईसमा सुदिप पाण्डे र नविन परियार विजयी बनेका थिए । प्रतियोगितामा संगितकार नारायण थापा र प्रेम नेपाली निर्णायकको रुपमा रहनुहुनेछ भने फाईनल प्रतिष्पर्धामा राष्ट्रिय कलाकार निर्णायकको रुपमा आउने समेत जानकारी आयोजकले गराएका छन् । प्रतियोगितामा जुनसुकै उमेरका प्रतिष्पर्धीले भाग लिन पाउनेछन् ।