बाढीले बगाउँदा बालिकाको मृत्यु, १ जना बेपत्ता

प्रकाशित मिति:

रूपन्देहीको कञ्चन खोलामा आएको बाढीले बगाउँदा बालिकाको मृत्यु भएको छ । बाढीमा परेर १ जना बेपत्ता भएका छन् ।

बाढीले बगाएर सैनामैना नगरपालिका–१० की ९ वर्षीय बालिका गंगा पाण्डेको मृत्यु भएको हो । बेपत्ताको परिचय खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले बेपत्ताको खोजी भइरहेको बताए । बुधवार दिउँसो खोलामा बाढी आएको थियो ।

मृत भेटिएकी बालिकालाई पोस्टमार्टमाका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएको छ ।