बुटवल । लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीको सहकार्यमा क्लबका संस्थापक सदस्य एवम् वर्ष २०२२/२२ का कोषध्यक्ष लियो सुजन वनले आफ्नो जन्मदिनको अवसर पारेर नेपाल अपाङ्ग आश्रममा खाना खुवाउने कार्यक्रम गरि जन्मदिन मनाएका छन् । ‘आफुले जन्मदिनमा खर्च गर्ने पैसाले अपाङ्ग आश्रमका २३ जना व्यक्तीलाई आफैले पकाएर खाना खुवाउन पाउँदा निकै खुसी एवम् आनन्द महशुस भएको छ’ वनले बताए ।
उनले अघि भने जन्मदिनमा तडक भडक गरी अनावश्यक खर्च गर्नु भन्दा गरिव, दुखी, असाहय, अपाङ्ग, वृद्व लगाएतको सेवा गरेमा मात्र मान्छेले जन्म लिएको सार्थक हुने उनले बताए ।छोटो औपचारीक कार्यक्रम गरि सम्पन्न गरिएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीका संस्थापक अध्यक्ष लियो भेषराज पोखरेल को उपस्थिती रहेको थियो भने अतिथिहरुमा समाजसेवि तुलसीराम अर्याल, अपाङ्ग आश्रमका अध्यक्ष डोल बहादुर रामदाम लगाएतको उपस्थिती रहेको थियो भने सबै अतिथिहरुले शुभकामना दिदैै वनको उक्त सामाजिक कार्यको खुलेर प्रशंसा गर्नुका साथै आगामी दिनमा क्लबका अन्य सदस्यले पनि यस्तै समाज सहयोगी कार्य गरी जन्मदिन मनाउन सुझाव दिएका थिए ।
यस्तै कार्यक्रममा शुभकामना दिदै क्लबका २०२१/२२ का अध्यक्ष श्रीधर बस्यालले भने मानिस सयोंग जुरेर जन्म लिन्छ र मानिस जन्मिएको तब मात्र मन्यता रहन्छ जसमा आफ्नो परिवार समाज र देश परिवर्तनका निम्ति प्रयास गर्ने हिम्मत रहन्छ ।क्लबका वर्तमान अध्यक्ष लियो श्रीधर बस्यालको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन वर्तमान सचिव महेश ज्ञवालीले गरेका थिए ।









