एमाले नेतृ रामकुमारी झाँक्रीले भनीन् हामी देउवालाई विश्वासको मत दिन्छौँ

प्रकाशित मिति:

काठमाडौँ– एमाले सांसद रामकुमारी झाँक्रीले एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छन् । प्रधानमन्त्री देउवाले आज बेलुका बस्ने बैठकमा विश्वासको मत लिने निर्णय गर्दै संसदमा प्रस्ताव दर्ता गराइसकेको अबस्थामा नेता नेपाल समूहका सांसदहरुले विश्वासको मत दिने सांसद झाँक्रीले बताएकी हुन् । उनले भनिन्,‘हामो प्रयासचाँहि विपक्षमा बसेर भएपनि पार्टीले निर्णय गरेर विश्वासको मत दिने भन्ने हुन्छ ।’

नेतृ झाँक्रीले ‘हंग पार्लियामेन्ट’मा कसैको पनि एकल बहुमत नपुग्ने अबस्था भएको र आगामी दिनका लागिसमेत अहिले विश्वासको मत दिने उनले बताईन् । उनले संविधानको धारा ७६९५० पछि अर्को सरकार गठनको परिकल्पना संविधानले नगरेको भन्दै मध्यवाधी चुनाव नभएर संसदले पुर्ण कार्यकाल काम गर्नुपर्ने आफ्नो समूहको मान्यताका आधारमा देउवालाई विश्वासको मत दिने उनको भनाइ छ । उनले भनिन्,‘७६९५० पनि अर्को सरकार नबन्ने कारणले कि निर्वाचनमै जानुपर्छ । हामी त मध्यावधी निर्वाचनमा नजाने संसदले पुर्ण कार्यकाल काम गर्नुपर्छ भन्दै आएकाले हामी २३ जनाले भोट हाल्ने कुरा त भइहाल्यो । पार्टीले नै निर्णय गरेर विपक्षमा बसेर भएपनि विश्वासको मत दिनुपर्छ भन्ने हाम्रो प्रयास रहन्छ ।’

नेता नेपाल समूहका अर्का नेता सोमप्रसाद पाण्डेले विश्वासको मत दिने वा नदिने विषयमा सामुहिक धारणा बनाउन छलफल चलिरहेको बताए । उनले बेलुकासम्म निर्णय गरेर संसद बैठकमा जाने समेत बताए । उनले भने,‘विश्वासको मत दिने वा नदिने भन्ने विषयमा छलफल गर्न हामी अनौपचारिक बैठकमै छौँ ।’ संसद बैठकअघि एमाले स्थायी कमिटीको बैठक जारी छ । जुन बैठकमा एमालेको माधवकुमार नेपाल समूहका सांसद उपस्थित भएका छैनन् ।