रेष्टुरेन्ट एण्ड बार ब्यवसायी संघ रुपन्देहीको तदर्थ समिती गठन , अध्यक्षमा कोइराला

प्रकाशित मिति:

साउन ४ बुटवल – रुपन्देही जिल्ला भित्र सञ्चालित रेष्टुरेन्ट ब्यबसायीहरुको वृहत भेलाले सम्पूर्ण रेष्टुरेन्ट ब्यब्सायीहरुको हकहित र् एकताका लागि एकजुट हुने , ब्यबसायिक भाईचारा स्थापित गर्ने उदेश्यका साथ संस्थागत एकता कायम गर्ने हेतुले रुपन्देहीका बिभिन्न तह र् तप्कामा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका ब्यबसायिहरुको संलग्नतामा आज एक कार्यक्रमको आयोजना गरी रेष्टुरेन्ट एण्ड बार ब्यवसायी संघ रुपन्देही गठन गरिएको छ् ।

रुपन्देहीका युवा ब्यवसायी प्रशान्त कोइरालाको अध्यक्षतामा बैठक बसेको थियो । कार्यक्रमका अध्यक्ष कोइरालाले मोफसलको राजधानी नामले चिनिएको रुपन्देही पछील्लो समय रेस्टुरेन्ट एबम बारको हबको रुपमा बिकास भैरहेको बताउनुभयो । साथै उहाँले एक ब्यवसायी र अर्को ब्यवसायिको साथ सहयोगका निमित्त रेस्टुरेन्ट ब्यवसायी संघले छुट्टै कार्ययोजना बनाएर अघी बढ्ने उदेश्य रहेको बताउनुभएको थियो । रुपन्देहीका करीब ३८ ब्यवसायीहरुको उक्त कार्यक्रममा संलग्नता रहेको थियो ।

तदर्थ समितीका सचिब प्रदिप जिसिले पछील्लो समय कोभिडले अांक्रान्त ब्यवसायीहरुकोलागी कोभिड खोप उपलब्ध गराउन नेपाल सरकार संग पहल गर्ने बारको प्रमुख कार्य रहेको बताउनुभयो । साथै उहाँले पछील्लो समय सरकारले दिएको समय सिमाका बिषयमा सरोकारवालाहरुसंग छलफल गरेर छिट्टै टुंगोमा पुग्नुका साथै रात्रीकालिन ब्यवसाय सञ्चालनका निमित्त पनि पहल गर्ने बताउनुभएको थियो ।

संस्थालाई औपचारिक रुपमा दर्ता गर्नका लागि तदर्थ समितीका अध्यक्ष प्रसान्त कोइराला उपाध्यक्ष सागर पौडेल र सचिव प्रदिप जिसीलाई अक्तियारी दिने निर्णय समेत संस्थाले गरेको छ् । त्यस्तै आर्थिक भारलाई संयोजन गर्नकालागी आर्थिक संकलन गर्न कोषाध्यक्ष कमल खनालको संयोजक्त्वमा यमलाल पाण्डे र अमृत कुमार थापा सदस्य रहेको आर्थिक समिती गठन गर्ने निर्णय समेत गरेको सचिब प्रदिप जिसिले बताउनुभयो ।

१७ सदस्सिय पदाधिकारी समितीको अध्यक्षमा प्रसान्त कोइराला , बरीष्ठ उपाध्यक्षमा कृष्ण रिमाल , उपाध्यक्षमा सागर पौडेल ,सचिबमा प्रदिप जिसी , सहसचिबमा उमेश सापकोटा , कोषाध्यक्षमा कमल खनाल र सदस्यहरुमा अमृत कुमार थापा , निशा श्रेष्ठ , लक्ष्मी रिजाल , बिरेन प्रधान , यम ब थापा , बिक्रम गुरुङ , यमलाल पाण्डे , रामचन्द्र पौडेल , अमृत गुरुङ ,अजय रेग्मी रहनुभएको सचिब प्रदिप जिसिले जानकारी दिनुभयो ।