महाधिवेशनको मिति भित्रै पारेर स्थानीय तहमा अधिवेशनको मिति सार्ने योजनामा कांग्रेस
काठमाडौं–नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दैछ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवाको निजी निवास बुढानिलकण्ठ पार्टीको १४औं महाधिवेशनको कार्यतालिका परिमार्जन गर्नेबारे आजको बैठकमा छलफल हुँदैछ ।
बैठकमा क्रियाशिल सदस्यमा देखिएको विवाद गर्दै वडा अधिवेशनको मिति थप गर्न आजको बैठक राखिएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसले वडा अधिवेशन साउन १२ मा गर्ने तालिका सार्वजनिक गरेको भएपनि त्यो संभावना टरेको छ । आगामी भदौ १६–१९ सम्मको केन्द्रीय महाधिवेशनको मिति नसर्ने गरी स्थानीय तहको कार्यतालिका फेरबदल गर्ने कांग्रेसको तयारी छ ।









