बुटवल, ११ साउन । अध्यादेशबाट ल्याईएको चालु आर्थिक वर्षको बजेटमा व्यबस्था गरिएको करको बिषयमा बुटवलमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देही र आन्तरिक राजश्व कार्यालय बुटवलको संयुक्त आयोजनामा आर्थिक अध्यादेश २०७८ अन्तरगत आयकर र मूल्य अभिबृद्धि कर (भ्याट) सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
बुटवल उद्योग बाणिज्य संघको सभाहलमा सोमबार गरिएको अन्तरक्रिया कार्यक्रममा आन्तरिक राजश्व कार्यालय कुटवलका प्रमुख ध्रुव पाण्डे, कर अधिकृत बिनोद माझी र संघका राजश्व परामर्शदाता सिए हरि लम्लालले नयां व्यबस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।कार्यक्रममा बोल्दै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कर सम्बन्धि नयां व्यबस्थाको बारेमा व्यबसायी अन्यौलमा परेकोले त्यो अन्यौललाई चिर्नको लागि कार्यक्रम आयोजना गरिएको बताउनु भयो । उहांले अघिल्लो वर्ष आएको पुनःकर्जा कार्यक्रम ठुला र पहुँचवालाले मात्रै पाएकोले यो वर्ष त्यसलाई व्यबस्थित गर्नेगरि मौद्रिक नीति ल्याउन नेपाल राष्ट्रबैंकलाई आग्रह गरिएको जानकारि गराउनु भयो ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठको धन्यवाद र महासचिव बिमलराज भट्टराईको सञ्चालनमा भएको थियो । अन्तरक्रिया कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्यहरु सहित उद्योगी, व्यबसायीको सहभागिता रहेको थियो ।









