बुटवल – जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माको कार्यकक्षमा अझै पनि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको तस्विर झुण्डिएको छ ।
एकापट्टी राष्ट्रपति र अर्को पट्टी ओलीको तस्विर राखेका प्रमुख विश्वकर्माले ओली प्रधानमन्त्रीबाट बाहिरिएको डेढ हप्ता पुग्दा पनि उनले हटाएका छैनन् ।उपप्रमुख पशुपति यादवले भने राष्ट्रपतिको फोटो मात्र राखेकाछन् । यस अघि बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले पनि ओलीको फोटो हटाएर खाली राखेका थिए । पछि बुटवल कांग्रेसले विरोध स्वरुप फोटो हस्तान्त्रण गरेको थियो ।









