रोटरी मेडिको फ्युजनद्धारा निःशुल्क हेपाटाइटिस परीक्षण

प्रकाशित मिति:

बुटवल, साउन १६ । विश्व हेपाटाइटिस दिवसको अवसरमा रोटरी ई—क्लव अफ मेडिकोफ्युजन हाइब्रीड नेपालले शनिबार बुटवलको देविनगर स्थित आशा फाउण्डेशनमा निःशुल्क हेपाटाइटिस परीक्षण गरेको छ । क्लवले फाउण्डेशनमा रहेका २५ जनाको निःशुल्क हेपाटाइटिस बी र सी परीक्षण गरेको अध्यक्ष डा. सन्तोष पोखरेलले जानकारी दिनुभयो ।

सो अवसरमा कार्यक्रम संयोजक फिजिसियन डा. मनिष विश्वकर्मा र डा. दिनेश गौतमले हेपाटाइटिसका कारण, लक्षण तथा उपचार पद्धतिको बारेमा जानकारी गराउँदै रोगको समयमैं पहिचान गर्न सके उपचार सहज हुने बताउनुभयो । यस्तै मनोरोग विशेषज्ञ डा. विक्रम काफ्ले दुव्र्यसनबाट बाहिर आउन दृढ अटोठ हुनुपर्ने बताउनुभयो ।क्लवले दिवसको अवसरमा हेपाटाइटिस रोगको बारेमा सचेतनामूलक ब्यानरहरु विभिन्न अस्पताल तथा सार्वजनिक स्थानमा समेत टाँगेको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । उहाँले हेपाटाइटिसलाई उन्मुलन गर्न नीति निर्माण तहमा रहेकाहरुले आवश्यक व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो ।

क्लवले गरेको हेपाटाइटिस परीक्षणमा बुटवलको थाइरो ल्यावले प्राविधिक सहयोग उपलब्ध गराएको ल्यावका अध्यक्ष समेत रहनुभएका डा. दिनेश गौतमले जानकारी दिनुभयो । विश्वमा प्रत्येक ३० सेकेन्डमा एक जनाको हेपाटाइटिसको कारण ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । यो रोगबाट बच्न नवजात शिशुलाई हेपाटाइटिसवरुद्धको खोप दिनुपर्छ, जुन डिपिटी खोपमा गाभिएको हुन्छ ।हेपाटाइटिसको उपचारमा ढिलाइ नगर्न तथा गर्भवतीले हेपाटाइटिस भए-नभएको समयमैं परीक्षण गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । यसैले दिवसको यो वर्षको नारा हेपाटाइटिस : नपर्खऔं राखिएको छ ।

 

थप समाचार